नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
बिहीबार पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घट्नासँग जोडेर अध्यक्ष प्रचण्डले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,‘पछिल्लो समयमा समाजमा केही अराजकताको प्रवृति बढेको जस्तो भएको छ । विभिन्न देशका घट्नासँग जोडेर चर्चा परिचर्चा हुँदै गरेको र संसदमा रहेका कतिपय दलहरु खासगरी सत्ताबाट बाहिरिएसँगै बढी आवेगपूर्ण टिप्पणीहरु र अभिव्यक्ति दिन थाल्नु भएकोप्रति पनि ध्यानाकर्षण भएको छ । यस्तो गैरजिम्मेवारी अभिव्यक्ति कसैले पनि दिनुहुन्न । त्यस्तो कुरामा बढवा दिनुहुँदैन् । यस विषयमा पनि बैठकले ध्यानाकर्षण गराएको छ ।’
अध्यक्ष प्रचण्डले श्रीलंका र बंगलादेशको घट्ना नेपालमा पनि दोहोरिन सक्ने अभिव्यक्ति राख्नु भएको थियो ।