त्रिविले २०५८ देखिका परीक्षार्थीलाई एकपटक मौका परीक्षाको अवसर दिने

Date: 2024-09-24
news-banner
त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने जनाएको छ । आइतबार शिक्षा मन्त्री विद्या भट्टराईसँगको छलफल पछि विश्वविद्यालयले २०५८ पछिका परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।

असोज ७ गते त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग के. सी. को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको जनाएको छ । विश्वविद्यालय अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिइने जनाएको छ ।

त्यसैगरी परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने समेत विश्वविद्यालयले जानकारी दिएको छ ।

Leave Your Comments