तीन दिनको अविरल वर्षासँगै आएको बाढीपहिरोले २६ जलविद्युत आयोजनामा २ अर्ब ४५ करोड रुपैयाँ बढीको क्षति भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार उक्त बाढीपहिरोबाट ११०० मेगावाट उत्पादन क्षमता भएका आयोजनाहरु पूर्ण रुपमा बन्द भएका छन्।
मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत् दिएको जानकारी अनुसार विद्युत उत्पादन गरीरहेका ११ आयोजना (६२५.९६ मेगावाट) र निर्माणाधीन १५ आयोजना (१०१०.२९ मेगावाट) मा क्षति पुगेको छ।बाढीपहिरोले कागबेली करिडोर अन्तर्गतको दमक–गोदक १३२ केभि प्रसारणलाइ, खिम्ति–लामोसाँगु १३२ केभि प्रसारणलाइन र सोलु करिडोर गरी ३ वटा प्रसारणलाइनमा क्षति पुराएको छ।
मन्त्रालयका अनुसार दमक–गोदक र खिम्ति–लामोसाँगुमा मात्रै ६ करोड ७५ लाख रुपैयाँ बढीको क्षति भएको छ।अन्य आयोजनाको विवरण संकलन कार्य भने जारी छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका १५÷१५, लुम्बिनीका ४, सुदुरपश्चिमका ८, कोशीका ३ तथा मधेस प्रदेशका २ वटा ट्रान्सफरमरमा क्षति पुगेको छ।