भक्तपुरको हनुमन्ते खोलामा उच्च जलप्रवाह

Date: 2024-10-03
news-banner
बागमती प्रदेशको विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

गएरातिदेखि निरन्तर वर्षा भईरहदा  काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ।भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा जल तथा मौसम विज्ञान विभागले जनाएको हो  ।

हनुमन्ते खोला तटीय क्षेत्रमा दिउँसोसम्मै बाढीको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Leave Your Comments