तीन सय ८३ वर्षदेखि चलेको कार्तिक नाच हिजोदेखि सुरु भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा हिजोदेखि कार्तिक नाच सञ्चालन भएको हो ।
यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कात्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास रहेको छ ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।