स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म नेकपा (माओवादी केन्द्र)ले चार वटा वडामा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार माओवादीबाट त्रियुगा नगरपालिका–१५ मा नवीनकुमार वान्तवा राई, धनुषाधाम नगरपालिका–१ मा सुनिल कापर केवट विजयी भएका छन् ।
यसैगरी, माओवादीबाट गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर र ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे विजयी भएको आयोगले जनाएको छ ।