राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान लिइएको हो । अब बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरिने छ । उनलाई भोलि पोखरा फिर्ता पठाइने बताइएको छ ।
पोखरा लगेलगत्तै फेरि उनलाई चितवन लैजाने तयारी रहेको छ ।