भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन

Date: 2024-05-03
news-banner
सामाजिक सञ्जालमा भेलुबाजेका नामले भाइरल  प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।अत्यधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए।  मदिरा सेवन गरेको अवस्थामा भेलुबाजेलाई १ बजेतिर अस्पताल पुर्‍याइएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । 

अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ बनेका थिए ।

लोकप्रिय बन्दै गएपछि उनले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउनेसमेत अवसर पाएका थिए । सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका भेलु बाजेलाई टिकटकले एकाएक भाइरल बनाइदियो । उनले बोल्दा प्रयोग गर्ने बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस् त लगायतका शब्दमा टिकटकमा थुप्रैले अभिनय पनि गरेका छन् ।

भेलु बाजे लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । अत्याधिक रक्सी सेवनबाट पेनक्रियाजमा क्षति भएको थियो ।

Leave Your Comments

Trending News