पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टिप्पणी आएपछि समितिले घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिनुभयो । लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आउँदो बैठकमा गरिने समितिले विज्ञप्तिमार्फत जनाएको छ ।समितिले यही मङ्सिर १४ गते गोखखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो ।
विभिन्न भक्तजनहरूले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना घण्टी बिक्रीका लागि प्रतिकिलो न्यूनतम तीन सय ८० रुपैयाँ तोकेर समितिले बिक्री प्रक्रिया अगाडि बढाएको थियो ।