स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने हाम्रो लक्ष्य होः स्वास्थ्य मन्त्री

Date: 2024-12-08
news-banner
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरुको संख्या बढीरहेको बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए ।
उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गरे । उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरु बढेको बताए ।

‘बीमाको कभरेज पनि अस्वस्थकर पेरिफेरी बन्यो भने खानेकुरा स्वस्थ छैन, खानेकुरा उत्पादन स्वास्थ्यसँग जोडिएर स्वास्थ्यमैत्री छैन । हावा वायुमण्डलबाट प्राप्त हुने स्वस्थ हावा छैन । सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको स्थिति छ । मान्छेको व्यवहार, आनिबानी, प्रतिष्पर्धा ति सबैले तनाव बनाउने स्थिति छ । मानसिक रोग असाध्यै धेरै बढेर गएको स्थिति छ’, उनले भने, ‘शारीरिक अंगभित्रका रोगहरु भन्दा मानसिक रोग असाध्यै जटिल बनेको छ । त्यसैले यो विषयहरुसँग जोडेर हामीले स्पष्ट निरोधात्मक नीति ल्याउनुपर्छ । हामीले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि गर्नुपर्छ । रोग लाग्न नदिने प्रक्रिया के हुन् त्यसको बारेमा अध्ययन गर्न एउटा समिति नै बनाएर काम गर्न चाहन्छौँ । स्वास्थ्य संरचनाहरुले त्यसको लागि के गर्नुपर्छ रु अध्ययन गरेर काम गर्नसक्ने गरी विषयहरु ल्याउने परिस्थिति निर्माण गर्दैछौँ ।’

मन्त्री पौडेलले उपचार प्रक्रिया बढेको तर बिरामीहरु पनि बढेको अवस्था रहेको बताए । 

Leave Your Comments