फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज आलु, प्याज, च्याउ, गाँजर भन्टासहितका तरकारीको मूल्य केही घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ। स्कुस प्रतिकिलो २५ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य आज पनि किलोकै ११०० रुपैयाँ छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, टनेलमा फलेको सानो गोलभेँडा १२०, रातो आलु ७३, सेतो आलु ६२, सुकेको भारतीय प्याज ९३, तराईको गाँजर ९५, लोकल बन्दा ५५, तराईको काउली ५३, मुला ३५ रुपैयाँ प्रतिकिलो छ।त्यसैगरी भन्टा ४५, तनेबोडी ११०, मकै बोडी ४५, लौका ५५, परबल ७५, भिन्डी ९५, स्कुस २५, रायोको साग ३२, कन्य च्याउ १६६, डल्ले च्याउ ३२६, कुरिलो ११००, ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा ११५, भारतीय ठूलो गोलभेँडा ९५, रातो आलु ७३, पुकेको भारतीय प्याज ९५, गाँजर ११०, तराईको बन्दा ४५, स्थानीय काउली ७०, तराईको काउली ६५, रातो र सेतो दुवैखाले मुला ३५, लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।त्यसैगरी हिजो तने बोडी ११०, मकै बोडी ५५, करेला ११०, लोकल परबल ५५, तराईको परबल ७५, पाकेको फर्सी ५५, भिन्डी ९५, स्कुस २५, रायोको साग ३२, चम्सुरको साग ९५, कन्य च्याउ १८०, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।