दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको छ ।योभन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको हो ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको भन्दै अफवाह फैलाएका थिए । उनको थुनछेक बहस आज हुनेछ ।