ललितपुर महानगर वडा नं. २९ र सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता

Date: 2025-01-04
news-banner

ललितपुर - ललितपुर महानगरपालिका वडा नं. २९ र नेपाल नेत्र ज्योति संघ, सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता भएको छ । ललितपुर महानगरपालिका वडा नं. २९ मा आँखा तथा कान उपचार केन्द्र संचालन गर्न पुस १५ गते  सगरमाथा आँखा अस्पताल, लहानमा सम्झौता भएको हो ।

सगरमाथा आँखा अस्पताल, लहानका अध्यक्ष रबिन्दलाल चौधरी र ललितपुर महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष गणेश कुमार महर्जनले पारस्परिक मन्जुरीको आधारमा सामुहिक हस्ताक्षर गरेका थिए। वडा नं.२९ हरिसिद्धिको समन्वयमा र सगरमाथा आँखा अस्पताल, लहानको संचालनमा गर्न लागेको आँखा तथा कान उपचार केन्द्रमा आँखा तथा कानका विभिन्न रोगहरुको सर्भ शुर्लभ रुपमा परिक्षण गर्नुको साथै औषधी तथा चश्मा सुपथ मुल्यमा उपलब्ध गराउने, मधुमेह तथा  आँखाको प्रेशर तथा नली जाँच, मोतिबिन्दु तथा जलबिन्दु भएका बिरामीलाई जाँच गरि पर्रामर्श दिईनेछ । आँखा तथा कान उपचार केन्द संचालनको लागि आवश्यक जनशक्ति तथा उपकरण सगरमाथा आँखा अस्पताल, लहानले उपलब्ध गरिनेछ  ।ललितपुर महानगरपालिका वडा नं.२९ ले यस अघि पनि सगरमाथा आँखा अस्पताल, लहानको सहयोगमा दुई पटक निशुल्क शल्यक्रिया सहितको आँखा शिविर संचालन गरेको थियो । 

सगरमाथा आँखा अस्पताल, लहान र ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि बिच सम्झौता भए अनुसार यहि माघ १ गते देखि संचालन हुने जनाएको छ ।

Leave Your Comments