चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि ठुलो धक्का

Date: 2025-01-07
news-banner

नेपाल र चीन सीमाना केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।


बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।

लामो समयपछि काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे हालसम्म कुनै विवरण प्राप्त भइसकेको छैन । भूकम्पको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ ।

Leave Your Comments