दुई महिने एड्‌भान्स सिलाई तालिम सुरु

Date: 2025-01-07
news-banner

ललितपुर - कुम्भेश्वर सामुदायिक अध्ययन केन्द्रको आयोजनामा ललितपुर महानगरपालिका वडा नं.२९ मा दुई महिने एड्‌भान्स सिलाई तालिम सुरु भएको छ ।ललितपुर महानगरपालिका उद्योग तथा सहकारी महाशाखाको सहयोगमा दुई महिने एड्‌भान्स सिलाई तालिम संचालन भएको हो ।

कार्यक्रममा आर्थिक विकास समितिको संयोजक तथा ललितपुर महानगर वडा नं.२१ का वडा अध्यक्ष रविन्द्र महर्जनले पानमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । ललितपुर महानगरले गरेको लगानी सहि सदुपयोग गरि सफल व्यवसायी , उद्यमि बनी आफ्नै ठाँउमा रोजगार सिर्जना गरि आर्थिक आयम गरि सबल नागरिक बन्न सकिने बताउँनुभयो । महानगरले सबै नागरिकहरू आर्थिक रुपमा सबल बनुन भने उदेश्यले आर्थिक समिती अन्तर्गत  उद्यमी ,सहकार्य , कृषि , पशु लगायत क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो । दुई महिने एड्‌भान्स सिलाई तालिम लिए पछि " सधैं यहीँ पेशालाई अगाँलने छु , म यसलाई राम्रो बनाउँने छु , हरेक ठाँउ क्षेत्रको काम गर्न सक्षम बन्ने छु "भनेर अठोट राखी अगि बढ्नको लागि प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.२९ का कार्यवाहक अध्यक्ष वीर गोबिन्द महर्जनले महिलाहरुलाई सीपमुलक तालिम दिई उद्यमशील बनाउने उदेश्यले दुई महिने एड्‌भान्स सिलाई तालिम संचालन गरेको बताउँनुभयो । तालीम लिएर प्रमाणपत्रमा मात्र सिमित नभई सफल व्यवसायी हुनको लागि आग्रह गर्नुभयो ।


कुम्भेश्वर सामुदायिक अध्ययन केन्द्रको अध्यक्ष सान्त खड्गीले दुई महिने एड्‌भान्स सिलाई तालिम लिए  पछि  आर्थिक आय आर्जन गर्नमा थप टेवा पुग्ने बताउँनुभयो । दुई महिना सम्म निरन्तर उपस्थित भई राम्रोसँग तालिम लिनको लागि प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो  ।


दुई महिने एड्‌भान्स सिलाई तालिममा जम्मा २४ जना प्रशिक्षार्थीहरुले सहभागी जनाएका छन् ।


कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग तथा सहकारी महाशाखाको प्रमुख सजित राई , उद्योग तथा सहकारी महाशाखाका अधिकृत चन्द्र डंगोल , ललितपुर महानगर २९ वडाका सदस्य मन माया महर्जन , प्रशिक्षक मेलिना शाक्यको उपस्थित रहेको थियोे ।

Leave Your Comments