ललितपुर - "सीप सिकौं आत्मा निर्भर बनौं " भने मुल नारा सहित ललितपुर महानगरपालिका वडा नं.५ दक्षिणकाली महिला समुहको आयोजनामा १५ दिने बारिष्टा तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं.५ को सहयोग तथा बेड टक विद मिको प्राविधिक सहयोगमा १५ दिने बारिष्टा तालिम सम्पन्न भएको हो ।
ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले वडाबासीहरुलाई अबल बनाउने उदेश्यका साथ बारिष्टा तालीम मात्र नभई विभिन्न सिपमुलक तालीमहरु वडाले संचालन गर्दै आएको बताउँनुभयो ।वडाबासीहरुले दिएको करको पैसाबाट तालीम संचालन गरेको हुँदा प्रमाणपत्रमा मात्र सिमित नराखी व्यवहारमा पनि लागू गर्दै जानको लागि प्रशिक्षार्थीहरुमा आग्रह गर्नुभयो । पन्ध्र दिने बारिष्टा तालीम संचालन गरेकोमा दक्षिण महिला समुहलाई धन्यवाद व्यक्त गर्नुभयो ।
दक्षिणकाली महिला समुहका अध्यक्ष सुनिता श्रेष्ठले पन्ध्र दिने बारिष्टा तालीम लिएका प्रशिक्षार्थीहरुले व्यावहारिक रूपमा पनि सदुपयोग गर्दै जानको लागि सुझाव दिदै शुभकामना व्यक्त गर्नुभयो ।
प्रशिक्षक करण श्रेष्ठले तालीमबाट सिकेको कुरा पछि सम्म सम्झना राखी आफुले सिकेको कुरा व्यावहारमा पनि लागू गर्दै जानको लागि अनुरोध गर्नुभयो ।
१५ दिने बारिष्टा तालिम लिन पाएकोमा प्रशिक्षार्थीहरुले खुशी व्यक्त गर्दै दक्षिणकाली महिला समुह र वडा नं.५ लाई धन्यवाद व्यक्त गरेका छन् ।
पन्ध्र दिने बारिष्टा तालीममा जम्मा १५ जनाले सहभागी जनाएको हुँदा दक्षिणकाली महिला समुह र वडा नं.५ का जनप्रतिनिधिहरुले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुको साथै तालीममा सक्रिय रुपमा दिनकै उपस्थित भई राम्रोसँग तालीम लिने उत्कृष्ट व्यक्ति रुजिसा महर्जनलाई मायाको चिनो दिए सम्मान गरिएको थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.५ का महिला सदस्य शोभा देवि श्रेष्ठ , मञ्जु रिजाल , अशोक कुमार श्रेष्ठको उपस्थित रहेको थियो ।