ललितपुर - ललितपुर महानगरपालिका वडा नं.५ को आयोजनामा सेल्फ मेकअप तालिम सुरु भएको छ । गुणा ब्युटिसियन ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा १० दिने सेल्फ मेकअप तालिम सुरु भएको हो ।

ललितपुर महानगरपालिका वडा नं.५ को अध्यक्ष विकास मान श्रेष्ठले तालिमबाट सिकेको कुरा सहि तरिकाले उपयोग गर्दै जानको लागि आग्रह गर्नुभयो । सेल्फ मेकअप सिकेपछि घरका सदस्यहरूको समेत मेकअप गर्न सकिने उँहाको भनाई छ। आफै मेकअप गर्न जानियो भने पैसा र समयसमेत बचत हुने बताउँनुभयो ।

गुणा ब्युटिसियन ट्रेनिङ सेन्टरको संचालन गुण केसरी ताम्राकारले सेल्फ मेकअप तालिम लिए पछि विभिन्न ठाँउहरुबाट रोजगारको अवस आउने गरेको बताउनुभयो । सेल्फ मेकअप अहिलेको बढ्दो माग रहेको हुँदा धेरै आर्थिक आयआर्जन गर्न सकिने औल्याउँनुभयो ।
महिलाहरुलाई रोजगारीको सिर्जना तथा आत्मनिर्भर बनाउने उद्देश्यले १० दिने सेल्फ मेकअप ब्युटीसियन तालीम संचालन गरेको हो । १० दिने सेल्फ मेकअप ब्युटीसियन तालीममा ३० जनाले सहभागी जनाएका छन् ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.५ का वडा सचीव युवराज सैजु , महिला सदस्य शोभा देवि प्रदान श्रेष्ठ , मञ्जु रिजाल , अशोक कुमार श्रेष्ठको उपस्थित रहेको रहेको थियो ।