प्रकाश थिङ बागमती गाँउपालिका
ललितपुर- बागमती गाउँपालिका वडा नं. ४, प्युटारको खयरघारी क्षेत्रीय खेल मैदानमा सविकको नौ वडा स्तरिय वडा अध्यक्ष फुटबल कप प्रतियोगिता सम्पन्न भएको छ ।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ माघ ५ देखि ७ गते सोमबार सम्म बागमती गाउँपालिका वडा नं. ४ प्युटारको आयोजनामा दोस्रो वडा अध्यक्ष कप छोर्गे युवा क्लबको समन्वयमा सम्पन्न भएको हो।
वडा अध्यक्ष फुटबल कप प्रतियोगितामा वडा भित्रका ६ टिमले सहभागी जनाएका थिए । प्युटारको साविक नौ वडा वा टोलको ६ टिमहरु प्युटार फुटबल टिम A र B ,सिम्ले फुटबल टिम, देउरालि फुटबल टिम ,खैरेनि फुटबल टिम, खयरघारी फुटबलले सहभागी जनाए ।

प्रतियोगिताको पहिलो खैरेनी फुटबल टिमले हात पारे। त्यस्तै खयर घारी फुटबल टिमले दोस्रो,स्थान हात परेको छ र तेस्रो स्थान देराली फुटबल टिमले हात पार्न सफल भए । पहिलोले २५,००० हजार ,दोस्रो १५,००० हजार , तेस्रो ७,५०० रुपैया नगद सहिद कप र मेडल प्रमाणपत्र पाए।प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा उत्कृष्ट गोल रक्षक आसीस भोम्जन घोषित भए। विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विषेश अतिथि अतिथिहरुले लगाएतले संयुक्त रूपमा नगद, प्रमाणपत्र र ट्रफी पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले ग्राउन पालिकाको मिनी रंगशालाको रुपमा बनाएको बताए ।उनले भने" काम गर्दै जाने क्रममा केही प्रविधिक समस्याले गर्दा ग्राउन सानो हुन पुगेको थियो । अब हामी छिटै यस पालिको यो रंगशालालाई फरक किसीमले सबैको सल्लाह सुझावमा अगाडि बढ्ने छौ रंगशालालाई पुर्नता दिन हामी पालिकाको सिङ्गो टिम लागि परेको बताए।"हाम्रो पालिकाको खेलकुद समितिले विधागत तरिकाबाट बर्षाको एउटा शिर्षक मात्रबाट खेल खेलाएकोले केही समस्य र विभाजित भएको कारणले पालिका भन्दा बाहिर जाँदा हार ब्योहोर्नु परेकाले सबै खेल संघ सम्बन्धित अनुभवी खेलाडीलाई जिम्मेवारी दिएर अगाडि बढ्दै जाँने संगै हरेक कोनबाट सहयोग गर्ने सदैव प्रतिबद्वता व्यक्त गरे। सबै टिमबाट राम्रो खेलाडी छनोट गरि एउटा राम्रो टिम बनाउन वीरबहादुरले अनुरोध गरे।
प्युटारको वडा अध्यक्ष कप भने यो पटक फरक फरक तरिकाबाट संचालन गरिएको थियो । जस्ले गर्दा १३ ,१४, १५, १६, १७ ,१८,१९ र २० भन्दा माथिको खेलाडीहरुले फुटबल प्रतियोगितामा भाग लिएका थिए। सबै उमेर समूहका खेलाडीमध्येबाट विभिन्न उमेर समुहका खेलाडी छनोट गर्न वडाले महत्त्वपूर्ण फुटबल खेल संचालनले भविष्यको लागि खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुविका खेलेको छ ।
रेफ्री यम बहादुर सुनुवार हरेक छनोट कार्यक्रममा म आँफै सहभागी भई सहयोग गर्दै आएको बताउदै सधै एउटै तरिका बाट नलाग्न अनुरोध गरेको छन् । खेलाडीहरु गाउँमा मात्र सिमित हुनाले माथिल्लो तह सम्म आउन नसक्नुमा पहिलो अभिभावक वडा जिम्मेवार रहेको र खेलाडीलाई नियमित प्रशिक्षण नहुनु मुख्य कारण जस्ले गर्दा वडा मात्र सिमित भएको देख्दा मन दुखि भएको गुनासो गरे । यदि वडाले सहयोग गर्ने हो भने यहाँ बाट जिल्ला प्रदेश केन्द्र अन्तर्राष्ट्रिय सम्ममा फुटबल खेल्न सक्ने खेलाडी मैले देखेको छु मैले दिएको सुझावलाई आत्मासाथ गर्ने हो भने हरेक क्षेन संगै रहेर सहयोग गर्न तयार रहेको बताए।
विषेश अतिथि नेपाली काङ्ग्रेस पुर्व आमान्त्रीत केन्द्रीय सदस्य कवेल बहादुर लामाले खेलाडीहरुलाई शुभकामना दिदै प्युटारको लागि सबै खेलकुदलाई सहयोग गर्दै आएको बताए।खेलाडीहरुलाई हरेक मन मुटुमा रहेर सहयोग गर्ने बाचा गरे ।उनले भने दक्षिण ललितपुरको एक मात्र रंगशाला ग्राउनलाई विचलित अवस्था राखेर जानू भएको छ कस्को कम्जोरी हो ? छानवीन गरेर छिटोभन्दा भन्दा छिटो ग्राउनलाई पुर्णता दिन सुझाव दिए ।

बागमती गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष रामकुमार लामाले आफ्नो वडाको सबै युवा खेलाडीको साथमा वडा कार्यलय रहेको जानकारी गराउदै सधै खेलकुद पक्षमा रहेको पालिका स्तरीय फुटबल प्रतियोगितामा भाग लिन तयारी अबस्थामा रहन खेलाडीहरूलाई अग्रह गरे । त्यस्तै वडा अध्यक्ष कप उपभोक्त समिति संयोजक तथा छोर्गे युवा क्लबको अध्यक्ष कृष्णबहादुर घलनले सबै उमेर समुहका खेलाडीहरुलाई अबसर दिने उदेश्यका साथ कार्यक्रममा केही रुपमा अनुसन्धान गरेको बताए ।
कार्यक्रममाअतिथि बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन विषेश अतिथि नेपाली काङ्ग्रेसको पुर्व आमन्त्रीत केन्द्रीय सदस्य कवेल बहादुर लामा ,गाउँपालिका उप अध्यक्ष झक्त बहादुर दर्लामी मगर ,अतिथिहरु वडा सदस्य रकेश बल ,मीना थापा विक, सुन माया लामा ,रोम प्रसाद दहाल, आश्राङ प्रहरी चौकी ईन्चार्ज विष्णु स्याङतान, रेफ्री यम बहादुर सुनुवार ,पुर्व वडा अध्यक्ष नारायण बाहदुर घले ,माननीय खेलकुदमन्त्री मीन कृष्ण महर्जनको सोकिय सचिव दिपक घिमिरे उपस्थिति रहेको थियोे ।