सहकारी पीडितले काठमाडौंमा विरोध र्याली गरेका छन्। आफूहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पीडितले सोमबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेको हो ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अनुसार मुलुकभरका करिव साढे ३ सय सहकारीमा बचत राखेको साढे २ अर्ब बराबरको रकम मागेको समयमा फिर्ता नभएपछि पीडितहरूले सरकारलाई दवाव दिन आन्दोलन गर्नु परेको हो।सहकारीमा आफुहरुले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी पीडितले माइतीघरमा धर्ना दिँदै आएका छन्।
उनीहरुले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन्।