ललितपुर - ललितपुर महानगरपालिका वडा नं.११ मा सर्वसाधारणहरुलाई हिँडडुल गर्न सहजताको लागि विभिन्न ठाँउमा ब्लक राख्ने कार्यलाई तीव्रता दिईएको छ ।
सर्वसाधारणहरुलाई पैदल हिँडडुल गर्न सहजताको लागि धँतिल गल्ली घर नं. २००५९ देखि युएन पार्कसम्म हाल ब्लक छपाईको कार्य भईरहेको वडा नं ११ ले जानकारी दिएको छ । हालसम्म ब्लक छपाईको ७५ प्रतिशत कार्य सम्पन्न भईसकेको ललितपुर महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले बताउनुभयो । उक्त ब्लक राख्नको लागि ३८ लाखको वडा स्तरीय बजेटबाट निर्माण कार्य भईरहेको उनको भनाई छ ।
धँतिल गल्लीमा मात्र नभई वडा नं.११ का अन्य विभिन्न ठाँउहरुमा ब्लकहरु छाप्ने काम भएको वडा अध्यक्षले बताउनुभयो ।