सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सरकारसँग रास्वपाको माग

Date: 2025-01-31
news-banner

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिन सरकारसँग माग गरेको छ । 

रास्वपाले विज्ञप्ति जारी सरकारद्वारा राष्ट्रियसभामा दर्ता गरिएको उक्त विधेयक सार्वजनिक छलफलबाट प्राप्त धारणासमेत समेटेर ल्याउन सुझाव दिँदै तत्काल फिर्ता लिन आग्रह गरेको हो । “सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिइ यसका प्रत्यक्ष र परोक्ष सरोकारवालासँगको परामर्श तथा संवैधानिक मूल्य मान्यताअनुरूप पुनर्लेखन गर्न आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यस विधेयकले संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने भन्दै रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।


Leave Your Comments