नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २३ सय रूपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ९ सय १५ रूपैयाँ किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँले बढेको हो ।