आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

Date: 2025-02-02
news-banner

पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक परिवर्तन हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छ भने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Leave Your Comments