आजको तपाईंको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल

Date: 2025-02-02
news-banner

आज विक्रम संवत २०८१ साल माघ २० गते, आइतबार । ईश्वी सन् २०२५ फेव्रुवरी २ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष चतुर्थी तिथि, १२ः१४ बजेपछि पञ्चमी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। राशीअनुसार तपाईँको आजको दिन कस्तो रहला ? हेर्नुस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा अरुलाई अनुभवीको सल्लाह लिनु राम्रो हुन्छ । घरको सजावटमा धन खर्च हुनेछ। कार्यक्षेत्रमा आफ्नो काम आफैँ गर्नुहोला । खर्च बढ्नाले चिन्ता पनि बढ्नेछ । समय दिन नसक्दा काम बिग्रनेछ । व्यवसायमा लगानी बढाउनुपर्ला। तत्कालको फाइदा हेर्दा भविष्यमा नोक्सानी बेहोर्नुपर्ला । अवसरका लागि  दौडधुप गर्नुपर्ला। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रचनात्मक कार्यमा चासो बढ्नेछ । आम्दानीका स्रोत फेला पर्नेछ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात पर्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त लाभ हुनेछ । सञ्चित धनको उपयोगबाट फाइदा लिन सकिनेछ । मिहिनेत गर्दा भविष्यमा फाइदा हुने काम सुरु गर्न सकिनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक कारोबार स्थिर र अनुकूल रहनेछ। योजनाहरू समय अनुसार पूरा हुनेछन्। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व गर्ने अवसर छ । व्यापारमा राम्रै फाइदा लिन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरुलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनसम्पत्तिको मामिलामा देखिएको समस्या सुल्झाउन सकिनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ। परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ।  आफ्नो कमजोरीको फाइदा अरुले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरानो लेनदेनबाट छुट्कारा मिल्नेछ। नोकरी वा पेशामा सरुवाको स्थिति आउन सक्छ । तत्काल फाइदा नहुने काममा समय बित्नेछ । लोभले गर्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरुका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। श्रमको उचित मूल्याङ्कन नहुँदा मन खिन्न रहनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्राप्त भएको अवसरबाट पूरा लाभ लिने प्रयास गर्नुहोस्। यात्रा सुखद रहनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। उपहार प्राप्त हुने समय छ । विवादास्पद क्षेत्रमा जिम्मेवारी वहन गर्नुपर्दा केही समस्या आउन सक्छन् । यद्यपि, कार्यक्षेत्रमा देखिएको मनमुटाव सुल्झिनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ वाहन वा जग्गा जमिन किन्ने योजनाहरूमा अभिभावकको सल्लाह लिनुहोला। रोकिएका काम बन्ने योग छ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ। नयाँ काम सुरु गर्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनलाइन किनमेलमा सचेत हुनुहोला । आज गरिएको कामबाट दिगो फाइदा हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। व्याहारिक समस्याले योजनामा बाधा पुग्नेछ । कामको चाप बढ्नेछ। मिहिनेत परे पनि चित्तबुझ्दो नतिजा नआउन सक्छ। भविष्यका लागि विशेष काम गर्ने समय छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान सम्मानमा वृद्धि हुने समय छ। आर्थिक कारोबारमा विस्तार हुनेछ। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिँदा समस्यामा परिनेछ । हडबडीले काम बिग्रन सक्छ। मिहिनेतको फाइदा अरुले उठाउन सक्नेछन् । आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा अनुभवीहरूको साथ मिल्नेछ। नयाँ कार्यको सुरुवात हुन सक्ला। व्यापार व्यवसायमा लोभमा परेर निर्णय नलिनुहोला । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। अपेक्षित लाभ मिल्ने योग छ । रोकिएको र रचनात्मक काम सुरु गर्न सकिनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। विशेष उपहार प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार व्यवसायका लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। परिवारको सुख समृद्धि बढ्नेछ । सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नेछ । दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आम्दानी बृद्धि गर्न सकिनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्नेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। सामाजिक जीवनमा लोकप्रियता बढ्नेछ। 

Leave Your Comments