ललितपुर - ललितपुर महानगरपालिका वडा नं.११ को आर्थिक सहयोग र पाटन हाई स्कुलाको आयोजनामा "हाम्रो संस्कृति " विषयमा विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
चित्रकला प्रतियोगितामा महिला र पुरुषले छुटाछुटै प्रतिस्पर्धा गरिएका थिए ।प्रतियोगितामा प्रथम हुनेलाई चार हजार , दोस्रो तीन हजार र तेस्रो दुई हजार नगद सहित प्रमाणपत्र दिनुको साथै चित्रकला प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई प्रमाणपत्र सहित ललितपुर महानगर वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले हस्तान्तरण गर्नुभयो ।
महिलाबाट प्रथम आर्दश सौल युवक मा.वि विद्यालयका आशिका मगर प्रथम भएकी छिन् भने दोस्रो बाल विनोदबाट शान्ति श्रेष्ठ र पाटन हाई स्कुलका स्वस्तिका मल्ल तेस्रो भएकी छिन्।
पुरुष तर्फ त्रिपदमा मा.विका निराजन शाही प्रथम भएका छ्न् भने दोस्रो युवा प्रतिभा मन्दिरबाट सहेल थापा मगर र एशोधरा बौद्ध मा.वि बाट सुरज विश्वकर्मा तेस्रो भएका छ्न्।
तस्बिरहरु




