ललितपुर । ११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा छोरीका लागि छोरी संस्था तथा छहारी संस्थाको आयोजनामा नारीका सवाल तथा अधिकारबारे अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरमा छोरीका लागि छोरी संस्थाकी केन्द्रिय परामर्श विभाग प्रमुख तथा बाग्मती प्रदेश संयोजक बसुधा बस्नेत पाण्डेको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा प्राध्यापक डाक्टर मिरा प्रधान प्रमुख अतिथिको रुपमा सहभागी रहेकी थिईन । यसैगरी विशेष अतिथिहरुमा अस्मिता पत्रिकाकी कार्यकारी निर्देशक सरीता श्रेष्ठ, प्रहरी नायव निरीक्षक फुल कुमारी पौडेल,अधिवक्ता इन्दिरा पौडेल, प्रहरी नायव निरीक्षक वसन्ता घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी एकल महिलाहरुलाई सम्मान गरिएको थियो । यसैगरी केही दिनअघि मात्र चलचित्र विकास बोर्डबाट सम्मानित भएकी संस्थाकी उपाध्यक्ष निशा घिमिरेलाई पनि सम्मान गरिएको छ । सम्मानितहरुलाई अस्मिताकी निर्देशक सरीता श्रेष्ठलेले टीका लगाएकी हुन् भने कार्यक्रमको सभाध्यक्षले दोसल्ला ओढाएकी थिईन ।
उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको साथै एकल महिलाहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले अन्तरक्रिया कार्यक्रममा महिला कानुन तथा स्वास्थ्यसम्बन्धी विभिन्न प्रश्नहरु गरेका थिए ।