ललितपुर - ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोग र केकेस ग्रुपको प्राविधिक सहयोगमा कफि बनाउने तालीम सुरु भएको छ ।ललितपुर महानगरपालिका वडा नं.६ का युवाहरूलाई स्वरोजगार बनाउने उदेश्यका साथ २१ दिने कफि बनाउने तालीम सुरु भएको हो ।
तालीममा १२ जना प्रशिक्षार्थीहरुले सहभागी जनाएका छ्न्।ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको सदस्य एवम् ललितपुर महानगर वडा नं.६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यले कफि तालीम लिए पछि आफुले जुनसुकै ठाउँमा गएर पनि काम गर्न सकिने हुँदा नियमित उपस्थित भई राम्रोसँग तालीम लिनको लागि प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो । वडा नं.६ ले उद्योग ,पर्यटन तथा संस्कृति सम्बन्धि युवाहरूलाई विभिन्न सिपमुलक तालिमहरु दिदै आएको जानकारी दिनुभयो । 
ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको सदस्य एवम् ललितपुर महानगर वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले ललितपुर महानगर भित्रका युवाहरूलाई उद्यमशील बनाई समृद्धि महानगर बनाउने उदेश्यका साथ उद्योग पर्यटन तथा संस्कृति समितिले युवाहरूलाई विभिन्न उद्यमशीलता सम्बन्धि तालीमहरु संचालन गर्दै आएको बताउँनुभयो ।

ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको सदस्य एवम् ललितपुर महानगर वडा नं.१९ का वडा अध्यक्ष राजेन्द्र महर्जनले युवाहरूलाई सीप मुलक तालीम दिने मुख्य उदेश्यले उद्योग पर्यटनले श्रमलाई जोड दिदै आएको औल्याउँनुभयो।

ललितपुर महानगर वडा नं.६ का कार्यपालिका सदस्य उमा बज्राचार्यले कफी तालिम राम्रोसँग लिनको लागि सबै प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

ललितपुर महानगर वडा नं.६ का वडा सदस्य सुनिल महर्जन केकेस ग्रुपका संचालन कृष्णराज श्रेष्ठ र प्रशिक्षक आशिष श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
२१ दिने कफि बनाउने तालीममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई उद्योग पर्यटन तथा संस्कृति समितिले सामाग्रीहरु हस्तान्तरण गरे।