नेवाः गुथि, न्यूयोर्कका कोषाध्यक्ष प्रेम गोपाल महर्जनले कालो ढुङ्गाबाट बुद्ध मूर्तिमा नागराज मुचिलिन्दले बेरेर सुरक्षा दिएको मुर्ति आज मंगलबार बिहान १०:३५ बजे नेपालमा ल्याएका छन् ।
अमेरिकाको आर्ट इन्ष्टिच्युट अफ शिकागोले ३ दिन आगाडी न्यूयोर्कस्थित कन्सुलेट जनलर, नेपाललाई यो मूर्ति हस्तान्तरण गरेको थियो ।उक्त मुर्ति ४० वर्ष अगाडि ललितपुर महानगरपालिकाको गुईटोलबाट चोरी भएको थियो । मुर्ति १२ औँ शताब्दी तीर रहेको प्रेम गोपाल महर्जनले जानकारी दिनुभयो।
मुर्ति हस्तान्तरणको निम्ति ललितपुर क्षेत्र नं.२ का सांसद प्रेम बहादुर महर्जन , ललितपुर महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बाबू रत्न महर्जन लगायत वडासदस्यहरु ,गुईटोल सुधार समितिको अध्यक्ष गोपाल महर्जन र ज्यापू समाजबाट धिमे बाजाका साथ उपस्थित भई स्वागत गरिएको थियो ।