ललितपुरकी सरस्वती घिमिरे राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको उपमहासचिवमा निर्वाचित

Date: 2025-03-20
news-banner
ललितपुर । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघकोसम्मेलन सम्पन्न भएको छ । बुधबार चलचित्र विकास बोर्ड नेपालको हलमा सम्पन्न सम्मेलनबाट वसन्त राज रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा सुदिप शर्मा,उद्धव भट्टराई, पनाह अधिकारी रहेका छन् । यसैगरी महासचिवमामा सवनम मुखिया निर्वाचित भएका छन् भने उपमहासचिवमा ललितपुरकी कलाकार तथा साहित्यकर्मी सरस्वती घिमिरे निर्वाचित भएकी छन् ।

Leave Your Comments