ललितपुर - ललितपुर महानगरपालिका वडा नं.५ दक्षिणकाली मन्दिर प्राङ्गणमा सरसफाई गरिएको छ ।ललितपुर महानगर वडा नं.५ , नेप्से म्याक , बहुउद्देश्य क्लिनिक सर्भिसको सहकार्य र दक्षिणकाली टोल विकास संस्था ,दक्षिणकाली महिला समुहको आयोजनामा बृहत सरसफाइ गरिएको हो ।
चैतें दशैको अवसरमा दक्षिणकाली माईको पुजा अर्चना गरी टोलका सबै व्यक्तिहरुले प्रसाद ग्रहण गरिने हुँदा चैते दशैको एक दिन आगाडी विभिन्न संघ संस्थाहरुका पदाधिकारीहरुले हरेक वर्ष सरसफाइ गरिदै आएका छन् ।
तस्वीरहरु