ललितपुर । ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य बज्राचार्यले शनिबार चैत्र पूर्णिमाको दिनबाट सुरु हुने घ: कु: व्रत पुजाको अवसरमा घ: कु: गुठीलाई टि-सर्ट र ट्राउजर वितरण गर्नुभएको छ। सो अवसरमा उपप्रमुख शाक्यले यस पवित्र पूजाको शुभकामना व्यक्त गर्दै सुरक्षित र भव्य रूपमा मनाइने अपेक्षा व्यक्त गर्नुभएको छ ।
उपप्रमुख शाक्यले ले घ: कु: को यस जात्रामा महत्वपूर्ण भूमिका रहेको जोड दिँदै यो यात्रा ऐतिहासिक र सफल बनाउन आह्वान गर्नुभयो। भोलि पूर्णिमाको दिनबाट घ: कु: को बर्त पूजा सुरु हुने जानकारी घ: कु: का थाकुली नारायण व्यञ्जनकारले दिनुभयो।