कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

Date: 2025-04-15
news-banner

आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले परीक्षाका कुनैपनि काममा सहभागी नहुन शिक्षकहरुलाई अपिल गरेको हो ।कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु हुँदैछ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

Leave Your Comments