मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिनभर श्रम गरे पनि उचित प्रतिफल नपाउदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडधूप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । पैत्रिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । प्रेममा धोका हुनसक्छ ख्याल गर्नुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउन सकिनेछ । मन परको मानिसबाट सहयोग र उपहार पाइनेछ । उद्योग तथा शेयरबजारबाट आर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यले साथ नदिने हुनाले दौडधूप नगर्नु होला । न्यायिक निर्णयहरु तपाईंको पक्षमा फैसला नहुन सक्छ । अध्ययनमा मन नजादा वा अल्छि गर्नाले नतिजा अरुले नै हात पार्नेछन् । ऋण, रोग तथा सत्रुको सामाना गर्नुपर्दा मन खिन्न हुनेछ । र, पनि उद्योग, व्यापार तथा शेयर बजारबाट राम्रै आम्दानी हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसाय, शेयर बजारको लगानी फस्टाएर जानेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइ अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्त हरु खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर जग्गा तथा पैत्रिक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईंको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दौडधूप तथा लामो खटाइले मात्र कामहरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईंको पक्षमा नआउने तथा नया विवादमा फस्ने योग रहेकोछ । आफुभन्दा ठूला तथा प्रतिष्ठित व्याक्तिसँग विवाद बढ्ने योग रहेकोछ । र, पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । व्यापार, वित्तीय बजार तथा शेयरबजारबाट लाभ लिन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको विग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । बोलीको माध्ययमबाट राम्रा तथा परिणामूखि काम गर्न सकिनेछ । व्यवसाय, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत संगीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुद रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । र, पनि लामो दुरीको विदेश यात्रा तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साहित्यमा रुची बढ्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । शेयर बजार तथा उद्योगमा लागानी गरी आम्दानी बढाउन सकिनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । काम वा अध्ययनको शिलशीलामा लामो दुरीको रमाइलो यात्राको योग रहेकोछ । कृषि काममा प्रगति हुनेछ । दिदीबहिनीको सहयोगमा नयाँ काम शुरु हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,चीं) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । व्यापार, शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।