शिक्षकहरूले आन्दोलन नरोकेपछि शिक्षामन्त्रीले भिडियोबाट गरिन यस्तो अपिल

Date: 2025-04-16
news-banner

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको माग सम्बोधन गर्ने गरी संसद अधिवेशन आह्वान भएको स्मरण गराउँदै आन्दोलन रोक्न आग्रह गरेकी छन् ।

एक भिडियो सन्देश जारी गर्दै मन्त्री भट्टराईले मंगलवारको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूको मागलाई सम्बोधन गर्ने गरी निर्णय गरेको स्मरण गराएकी हुन् । विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा छलफलमा रहेको र वैशाख १२ गते १ बजे बज्ने बैठकबाट नै विधेयक अगाडि बढ्ने बताइन् ।

उनले भनेकी छन्, ‘शिक्षकहरूले निरन्तर रूपमा भन्दै आउनुभएको विद्यालय शिक्षा विधेयक–२०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निरन्तर छलफलमा रहिरहेको छ । यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरियोस् भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते १ बजे त्यही विषयलाई समेत सम्बोधन हुने गरी संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ ।’मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।


Leave Your Comments