गणेश थापाले पाए फिफाको प्रतिबन्धबाट फुकुवा

Date: 2025-04-17
news-banner
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापामाथि लगाएको प्रतिबन्ध सकिएको छ ।

फिफाले २०७२ मा एन्फाका तत्कालीन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो । भ्रष्टाचार र घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको भन्दै थापालाई फिफाले प्रतिबन्ध गरेको हो । सो प्रतिबन्ध अप्रिल १५ मा सकिएको हो ।

थापाले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध सकिएको जनाएका छन् । ‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु। फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले लेखेका छन् ।


Leave Your Comments