नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव दिएको छ ।
शनिबार पार्टी कार्यालय च्यासलमा पार्टीको भौतिक पूर्वाधार तथा यातायात विभागले गरेको कार्यक्रममा विभागीय प्रमुख गोकर्ण विष्टले सरकारको कामलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट सुझाव दिइएको बताए । एमालेले सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयसँग सम्बन्धित विभिन्न विषयहरु समेटेर लिखित सुझाव दिएको हो ।
योजना तथा कार्यक्रमहरुलाई नागरिक सम्म प्रभावकारी रुपमा पुर्याउन सरकारको नीति था कार्यक्रम एवम् बजेटमा समावेश गर्नु पर्ने विषयहरु प्राथमिकताका साथ समेटेर सुझाव दिइएको विष्टले बताए । राष्ट्रिय गौरवका तथा राष्ट्रिय महत्वका आयोजनाहरु, विकट तथा दुर्गम क्षेत्र, रणनीतिक महत्वका योजना, आर्थिक विकास र रोजगारी सिर्जनाहरु योजना लगायतलाई नीति कार्यक्रम तथा बजेटमा समावेश गर्न एमालेको सुझाव छ