एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने

Date: 2025-04-23
news-banner
काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दै छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्न लागेको एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका हुन् ।यस्तै, उनले लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले  एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने पनि बताए । 
उनले भने, ‘लोकतन्त्र प्राप्तीको, नेपाली जनताले विजयी गरेको दिनलाई ऐतिहासिक क्षणलाई नेपाली युवाहरुले सेलिब्रेशन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सव र उत्सवहरुको पनि महा उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्छ र एमालेभित्र रहेका ४० वर्षमुनिका युवाहरु यो उत्सवमा सहभागी हुन आएका छौं । तयारी अन्तिम चरणमा पुगिसकेको छ । भोलि एमालेका ४० वर्षमुनिका एक लाख युवाहरुलाई स्वागत गर्न, उत्सवमा सहभागि गराउन र लोकतन्त्र मनाउनको लागि तयारी पूरा भएको छ ।’ 
यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उन्नत लोकतन्त्र ल्याउने संकल्पका साथ अगाडि बढ्न यो सेलिब्रेशन गर्न लागेको उनको भनाई छ । 

उनले भने, ‘अब यो देश निर्माण गर्ने हामी युवाको पालो हो र अब दशे बनाउछौ भन्ने संकल्पका साथ अगाडि बढ्ने घोषणाका साथ यो सेलिब्रेशन गर्दै छौ । हामी सबै युवाहरुको आवाज लोकतन्त्र जिन्दावाद । यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र छ ।

Leave Your Comments