काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘पहिलो कुरा सबै अधिकार सरकारमा केन्द्रित भयो भने केहीपनि गर्न सकिदैन । दोस्रो कुरा, त्यो निरङकुसता हँुदै जान्छ । त्यसैले अनुगमन र कार्यान्वयन विषयहरुमा प्राथमिकता दिनुपर्छ,’ उनले भने ।
मन्त्री गुरुङले विभिन्न आयोगहरुको गठन गर्नु भनेको सरकारको कामलाई प्रभावकारी बनाउनको लागि भएको भन्दै सबैले आफ्नो ठाउँबाट काम गर्नेपर्ने बताए ।
उनले भने, ‘मानवअधिकार रक्षा गर्ने काम सरकारको हो । तर सरकार आफै भक्षक भैइदिन्छ कि भन्ने डर होला । सर्बसत्तासिन हुन्छ कि भन्ने होला । त्यसैले विभिन्न आयोगहरुको काम सरकारलाई प्रभावकारी बनाउने र संघीय लोकतन्त्र गणतन्त्र, समावेशी लोकतन्त्र त्यसलाई बलियो बनाउनको लागि बनाइएका संस्था हुन् । आफ्नो आफ्नो क्षेत्रमा काम गर्नुपर्छ ।’
उनले सुचनाको हकले सरकारले गरेको कामको पारदर्शिताको लागि काम गर्ने भन्दै यस सूचना आयोगको काम धेरै रहेको पनि बताए । उनले सुचनाको हक भनेर व्यवस्था गरेपनि त्यो पर्याप्त नभएको बताए ।