दार्चुलामा विश्व वातावरण दिवस मनाइयो

Date: 2024-06-05
news-banner
खलंगा (दार्चुला ) - "हाम्रो भुमी हाम्रो भबिस्य" भन्ने विश्वव्यापी मुल नाराका साथ दार्चुलामा बजार सरसफाइ र  वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८१ भव्य रूपमा मनाइएको छ । 

अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको  आयोजनाना जिल्लामा अवस्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा विभिन्न प्रजातिका बोट तथा फलफूलका  बिरुवा रोपण गरिनुका साथै बजार क्षेत्र सरसफाइ गरिएको छ । 

विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ तारिखमा विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । 
जलवायु परिवर्तनका कारण अपि नाम्पा जस्ता  हिमालमा द्रुत गतिमा हिउँ पग्लिरहेको हुँदा यसले जैविक विविधतामा असर पुर्‍याइ रहेको  अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका  कार्यालय प्रमुख बिनय कुमार झाले बताउनु भयो।


 सबैको सहयोगले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको  बताउनुभयो । हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको वन जङ्गलको संरक्षण, संवर्द्धन र वन विकासमा टेवा पुर्‍याउने उद्देश्यले सिम्बोलिक रूपमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको हो । 
त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उहाँको भनाइ छ । 

मानव जातिको महत्त्वाकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको र यसलाई रोकथाम गर्न  वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले बताउनु भयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी, अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय  दार्चुलाका प्रमुख बिनय कुमार झा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्त, नेपाली सेनाको गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देबकोटा, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।
दार्चुला जिल्लाका उत्तरी भेगका ५ वटा गाउँपालिकाकाको भूभाग र महाकाली नगरपालिकाका ३ वडा समेट्दै १ हजार ९ सय ३ वर्ग किलोमीटरमा फैलिएको अपीनाम्पा संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको हो । यस क्षेत्रभित्र सुदूरपश्चिम प्रदेशकै अग्लो अपिहिमाल को उचाई ७ हजार १ सय ३२ मिटर रहेको छ।  
रासस - अर्चना झा 
गणेश सिंह धामी

Leave Your Comments