सरकार थप जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ : सांसद बडू

Date: 2025-04-28
news-banner
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले तत्काल सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् रहेको बताए । 
जननिर्वाचित लोकतान्त्रिक सरकार दमन गर्न तर्फ नभई थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी रहेको पनि उनको भनाई छ । उनले भने, ‘गत २७ दिनदेखिको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा हिजो अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् छ । जननिर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ । 

सरकार दमन गर्न तर्फ होईन् । सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न तर्फ अविलम्ब अग्रसर बनोस् ।’

Leave Your Comments