पेट्रोलियम पदार्थको मूल्य घट्यो

Date: 2025-05-01
news-banner

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ , डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाइएको हो ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य ४ रुपैयाँ घटेको र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियमको नयाँ खरिद मूल्य घटेर आएको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलमा २.१६, डिजेलमा १.३०, हवाइ इन्धनमा ४.३३ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँ घटेर आएको निगमले उल्लेख गरेको छ ।

Leave Your Comments