मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा

Date: 2025-05-05
news-banner

मधेश प्रदेश सरकारले सार्वजानिक बिदा थप गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो। 

गृह,सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा वैशाख २१ गते जारी सूचनाअनुसार वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ।  

Leave Your Comments