हरितपार्क दामोदर मार्गमा निमार्णधिन गणेश मन्दिरको उद्घाटन

Date: 2025-05-06
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं.५ स्थित हरितपार्क दामोदर मार्गमा निमार्णधिन गणेश मन्दिरको उद्घाटन समारोह तथा सम्मानपत्र वितरण गरिएको छ।
ललितपुर महानगर वडा नं.५ का वडा अध्यक्ष विकास विकास मान श्रेष्ठले गणेश मन्दिरको उद्घाटन गर्दै  प्रत्येक वर्ष  मङ्गल चौथीको बेला गणेश मन्दिरमा पुजा प्रसाद ग्रहण  गर्नको लागि वडाबाट ५० हजार दिने घोषणा गर्नुभयो ।
गणेश मन्दिर निर्माण गर्नको लागि ललितपुर महानगरपालिका वडा नं.५ ले ६,७६,१३० सहयोग र ५८१२५ चन्दा दाताहरूले सहयोग गरेको श्री गणेश मन्दिर उपभोक्ता समितिको सचीव निलु महर्जनले जानकारी दिनुभयो।
ललितपुर महानगरपालिका वडा नं.१३ का वडा अध्यक्ष गणेश केसिले यस हरित पार्कमा पहिले फोहोर फाल्ने ठाँउलाई अहिले पार्क बनाई गणेश मन्दिर बनाएकोमा खुसी व्यक्त गर्नुभयो।
 श्री गणेश मन्दिर उपभोक्ता समितिको अध्यक्ष तिर्थ बहादुर सिंहले स्वागत मन्तव्य गर्नुभयो ।

कार्यक्रममा गणेश मन्दिर बनाउन सहयोग गर्ने चन्दा दाताहरुलाई प्रमाणपत्र वितरण गरि सम्मान गरिएको थियो ।

Leave Your Comments