उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ।
२०१० देखि २०१५ सम्म उरुग्वेमा शासन गरेका उनी सामान्य जीवनशैलीका कारण विश्वको 'गरीब राष्ट्रपति' भनेर चिनिन्थ्यो।मुहिका अन्ननलीको क्यान्सरबाट पीडित थिए । यद्यपि उनको मृत्युको कारण खुलाइएको छैन ।
उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधन भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्– 'म अत्यन्त दुःखका साथ हाम्रो साथी मुहिकाको निधन भएको जानकारी गराउँछु । राष्ट्रपति, अभियन्ता, नेता र मार्गदर्शक हुनुहुन्थ्यो।'
आफ्नो कार्यकालमा उनले तीस लाखभन्दा बढी जनसंख्या भएको सानो दक्षिण अमेरिकी मुलुक उरुग्वेमा कुनै भ्रष्टाचार स्क्यान्डलमा नमुछिकन आर्थिक वृद्धिलाई नेतृत्व गरेका थिए । वैदेशिक लगानीमा वृद्धि गराउँदै र गरिबी न्यूनीकरण गर्न सफल भएका थिए ।