अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर

Date: 2025-05-19
news-banner

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय पूर्व राष्ट्रपति बाइडनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उहाँको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

गतसाता पिसाव सम्बन्धी केही समस्या देखिएपछि चिकित्सकसँग परामर्श गर्नुभएका बाइडनको शुक्रबार नै क्यान्सर भएको पुष्टि भएको हो । बाइडनमा देखिएको क्यान्सर तीब्र गतिमा फैलने प्रकृतिको रहेको जनाइएको छ ।

बाइडेन र उहाँको परिवार अहिले चिकित्सकहरुको परामर्शमा विभिन्न उपचार विकल्पहरूको अध्ययन गरिरहेको छ । बाइडनलाई देखिएको क्यान्सर औषधिको प्रयोग गरेर नियन्त्रणमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।

Leave Your Comments