शङ्खमूलको उमा महेश्वरी मन्दिरको जीर्णोदार

Date: 2025-05-20
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं.११ शंखमूलघाट स्थित रहेको उमा महेश्वरी मन्दिरको जीर्णोदार गरिएको छ । हिजो सोमबारको दिन  ब्राह्मणद्वारा पूजा गरी उमा महेश्वरी मन्दिरको जीर्णोदार गरिएको हो ।
शंखमूल घाट धार्मिक कार्य एवम् दाहसंस्कारका लागि परिचित रहेको छ । हिन्दु धर्मावलम्बीहरूले यस शंखमूल क्षेत्रमा आउँदा पुण्य प्राप्त हुने धार्मिक मान्यता पनि रहेको छ । शंखमूल तिर्थमा पाईला टेकेको खण्डमा पुर्व जन्मको पापहरु बोचन हुने मान्यता रहेको ललितपुर महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गी जानकारी दिनुभयो । आर्थिक वर्ष २०८२ को बजेटबाट शंखमूलघाटलाई पुरात्वक रुपमा निमार्ण गर्ने  बताउँनुभयो ।
उमा महेश्वरी मन्दिरलाई भुकम्पको देउता भनेर चिनिन्छ ।
 वि सं.२०७२ सालको भुकम्पको बेला स्थानीयबासिहरुले यस मन्दिरमा आई पुजा गर्ने गरेको पाटन सामुदायिक व्यवस्थापन संस्थाको कार्यकार्यनी निर्देशक लुमान्ती चित्रकारले बताउँनुभयो ।
ललितपुर महानगरपालिका वडा नं.११ का वडा सदस्य जुबन तण्डुकारले शंखमुल सांस्कृतिक धरोहर भएको हुँदा उक्त क्षेत्रलाई बचाउको निम्ति उमा महेश्वरी मन्दिर जीर्णोदार गर्नुको  साथ साथै वरपर भएको अरु मठ मन्दिर , धारोहरहरुलाई संरक्षण गर्ने बताउँनुभयो । 

शंखमुलघाटलाई जोशी घाट पनि भनेर चिनिन्छ । 

Leave Your Comments