राप्रपाले आज गर्ने भनिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता

Date: 2025-06-02
news-banner

राप्रपाले आज उपत्यका बन्द नगर्ने जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज गर्ने भनेको बन्दको कार्यक्रम फिर्ता लिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेका कारण उपत्यका बन्दको कार्यक्रम नगर्ने लिङदेनले वक्तव्यमा स्पष्ट पार्नुभएको छ ।राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले आजका लागि काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए ।

Leave Your Comments