नास्टद्वारा ताप्लेजुङमा विज्ञान लेखन तालिम सम्पन्न

Date: 2025-06-05
news-banner
अर्चना झा/रासस 
ललितपुर, २१ जेठ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को आयोजनामा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङमा तीनदिने विज्ञान लेखन तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जेठ २१ गतेदेखि २३ गतेसम्म संचालन गरिएको थियो।

तालिमको उद्घाटन गर्दै फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले उद्घाटन सत्रमा बोल्दै नास्टद्वारा संचालन गरिएको यो तालिमले जिल्लाका स्थानीय सञ्चारकर्मीहरुको विज्ञान लेखन क्षमताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 उद्घाटन सत्रमा उप–प्रमुख श्री भीमा देवी ओझा, प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद शर्मा, जनपद प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख, साथै पत्रकार महासंघका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
 कार्यक्रमको समापन सत्रमा कार्यक्रमको सभापतित्व नास्टका मुख्य वैज्ञानिक अधिकृत डा. भोज राज पन्तले नास्टद्वारा हालसम्म सञ्चालनमा रहेका अनुसन्धान कार्यक्रमबारे प्रकाश पार्दै सहभागीहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
 प्रवद्र्धन महाशाखा प्रमुख श्री लुना बज्रले तालिमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्नुभएको थियो। श्रव्यदृश्य शाखाकी मंचिता अर्याल भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

तालिममा प्रवद्र्धन महाशाखाका वरिष्ठ अधिकृतज्यू ज्योति प्रसाद फयाल, गोमा उपाध्याय र नेना ब्यञ्जनकार सहभागी हुनु भएको थियो। प्रशिक्षणमा स्रोत व्यक्तिका रुपमा वरिष्ठ पत्रकार दीपक अधिकारी र गोविन्द पोखरेल सहभागी हुनु भएको थियो भने स्थानीय प्रशिक्षकको रुपमा आनन्द गौतमले सहजीकरण गर्नुभएको थियो।

Leave Your Comments