वातावरण दिवसमा जनचेतनामुलक र्‍याली

Date: 2025-06-05
news-banner
ललितपुर - आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। ‘प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ ललितपुर महानगरपालिका वडा नं.५ को आयोजनामा जनचेतनामुलक र्‍याली गरि विश्व वातावरण  मनाईएको छ । 

विश्व वातावरण दिवसको अवरसरम महालक्ष्मी मन्दिर प्राङ्गणमा ललितपुर महानगरपालिकाका उप प्रमुख  मञ्जली शाक्य बज्राचार्य , वडा नं.५ का जनप्रतिनिधि र अन्य विभिन्न संघ संस्थाका पदाधिकारीहरुले वृक्षारोपन गरि जनचेतनामुलक र्‍याली गरिएको थियो । र्‍यालीमा सहभागीहरुले प्लाष्टिक प्रदुषण न्यूनीकरण : हाम्रो दायित्व , हरेक व्यक्ति जिम्मेवार बनौं , सफाईको लागि अघि बढौं , फोहोर खोलामा हैन झोलामा , एक घर दुई बिरुवा - स्वस्थ्य जिवनको सुत्र लगायतका प्ले कार्ड बोकि ललितपुर महानगरपालिका वडा नं.५ का जनप्रतिनिधि , नगर प्रहरी , नेपाल पुलिस , महिला समूह , विद्यार्थी र विभिन्न संघ संस्थाका पदाधिकारीहरुले जनचेतना मुलक र्‍याली गरिएको छ  । 

हाम्रो जीवन पद्धति जस्तै दैनिक रुपमा आफ्नो घर वरपर सरसफाइ गरियो भनी मात्र  वातावरण संरक्षण हुने ललितपुर महानगरपालिका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले बताउनुभयो ।

कार्यक्रममा स्वच्छ ,सफा हराभरा ,धुँवा,धुलो रहित स्वस्थ्य र सुरक्षी,वडा बनाउने अभियान अन्तर्गत  ललितपुर महानगर वडा नं.५ ले कपडा झोला वितरण गरिएको थियो । 

संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको छ । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ।राष्ट्रसंघका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहोरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लास्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ। 

गैरकानुनी रूपमा माछा मार्नेविरुद्धको संघर्ष दिवस पनि हो। राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो।दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा  एफएओको जोड छ। यसरी हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौं डलर हानि हुने गरेको एफएओले जनाएको छ।

तस्वीरहरु

Leave Your Comments