हरिसिद्धिमा ३१ गतेदेखि जलः आँखा तथा कान उपचार केन्द्र सञ्चालित हुँदै

Date: 2025-06-10
news-banner

ललितपुर - ललितपुर महानगरपालिका वडा नं.२९ हरिसिद्धिमा यहि जेष्ठ ३१ गते शनिबार देखि जलः आँखा तथा कान उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल, लहान, सिराहाको प्रविधिक सहयोग र ललितपुर महानगरपालिका २९ नं. वडा कार्यालय, हरिसिद्धिको व्यवस्थापनमा जलः आँखा तथा कान उपचार केन्द्र  संचालन हुन लागेको हो  ।


जलः आँखा तथा कान उपचार केन्द्र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनबाट उद्घाटन हुने जनाईएको छ। उक्त स्थानमा  आँखा तथा कान उपचार केन्द्र संचालन गर्न पुस १५ गते  सगरमाथाआँखा अस्पताल,लहानमा  सम्झौता भएको थियो । वडा नं.२९ हरिसिद्धिको समन्वयमा र सगरमाथा आँखा अस्पताल, लहानको संचालनमा गर्न लागेको आँखा तथा कान उपचार केन्द्रमा आँखा तथा कानका विभिन्न रोगहरुको सर्भ शुर्लभ रुपमा परिक्षण गर्नुको साथै औषधी तथा चश्मा सुपथ मुल्यमा उपलब्ध गराउने, मधुमेह तथा  आँखाको प्रेशर तथा नली जाँच, मोतिबिन्दु तथा जलबिन्दु भएका बिरामीलाई जाँच गरि पर्रामर्श दिईनेछ । आँखा तथा कान उपचार केन्द संचालनको लागि आवश्यक जनशक्ति तथा उपकरण सगरमाथा आँखा अस्पताल, लहानले उपलब्ध गरिनेछ  ।


ललितपुर महानगरपालिका वडा नं.२९ ले यस अघि पनि सगरमाथा आँखा अस्पताल, लहानको सहयोगमा दुई पटक निशुल्क शल्यक्रिया सहितको आँखा शिविर संचालन गरेको थियो ।

Leave Your Comments